क्युबाली नेता फिडेल क्यास्ट्रोका छोराले यसकारण गरे आत्महत्या

हवाना, १९ माघ । क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोराले आत्महत्या गरेका छन् फिडेल क्यास्ट्रोका छोरा ६८ वर्षीया फिडेल एञ्जेल क्यास्ट्रोले आत्महत्या गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी लामो समयदेखि डिप्रेशनको विरामी रहेको बताइएको छ पूर्वराष्ट्रपति तथा क्युवाली क्रान्तिका नेता फिडेलका जेठा छोराका रुपमा जन्मिएका उनी फिडेलिटोका नामले क्युबामा चर्चित थिए तत्कालीन सोभियत संघमा पढेका उनी आणविक भौतिकशास्त्री समेत हुन् क्युबाका सरकारी पत्रिका ग्रान्माले भनेको छ, ‘फिडेल एञ्जेल क्यास्ट्रोको डिप्रेसनका कारण घरमा नै राखेर चिकित्सकको एउटा टोलीले केही महिनायता उपचार गरिरहेको थियो । तर उनले आत्महत्या गरेका छन् ।’क्युबान काउन्सिल अफ स्टेटका सल्लाहकार रहेका उनले क्युबाको एकेडेमी अफ साइन्सको उपाध्यक्ष भएर समेत काम गरेका थिए उनको अन्त्येष्टि कहिले गर्ने भन्ने कुरा पारिवारिक निर्णयमा भर पर्ने र त्यसबारेमा कुनै विस्तृत विवरण नदिइएको बताइएको छ । उनका बाबु क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोको सन् २०१६ मा ९० वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?