१४ माघ २०७८, शुक्रवार

एमाले अध्यक्ष ओलीद्वारा मौन अवधि उल्लंघन

२०७४,आश्विन,१,आईतवार १२:१३

0
Shares

काठमाण्डौं, १ असोज ।निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा सोमबार हुन लागेको निर्वाचनका लागि मौन अवधि लागू गरेकै समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उलंघन गरेका छन् ।आइतबार राजधानीको प्रज्ञा भवनमा आयोजित अखिल सम्मान साँझलाई सम्बोधन गर्दै ओलीले ‘सूर्यमा भोट हाल्न सबैलाई सद्बुद्धि आओस्’ भन्दै चुनावपछि एमालेकै नेतृत्वमा संघीय र प्रादेशिक सरकार बन्ने दाबी गरे ।‘चुनावपछि एमालेकै संघीय सरकार बन्छ, ७ ओटै प्रदेशमा पनि एमालेकै सरकार बन्नेमा दुई मत छैन’ ओलीले भने, ‘यो देश बचाउन एमालेलाई पनि बचाउन आवश्यक छ । चाडपर्व आउँदै छ, दूर्गा भवानीले सूर्यमा भोट हाल्ने सद्बुद्धि प्रदान गरुन्, दशैको यही शुभकामना छ ।’कांग्रेस नेता विमलेन्द्र निधिको नामै नलिई उनले पूर्व गृहमन्त्रीको जिल्लामा सत्ताको आडमा एमालेलाई तर्साउने काम भएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार १२:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसले शुक्रवार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय

अबदेखि कर्णाली प्रदेशसभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने

कर्णाली प्रदेशसभाले विभिन्न गतिविधि सञ्चालन गरी आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति

ताजा समाचार

न्याय सेवा आयोगको बैठक बोलाइयो
 २०७८,माघ,१३,बिहीवार २२:१६
नक्कली मास्क बिक्री, चार पक्राउ
 २०७८,माघ,१३,बिहीवार २१:१०