जग्गा बैना गर्ने भन्दै मालपोत बोलाइ नौ लाख लुटेपछि…

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका–६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन् ।

उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् ।

राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएको र पछि फेरि मगनी चोकबाट दुई सय मिटरभित्र बोलाएर लुटेको प्रहरीले जनाएको छ । राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको प्रहरीले जानकारी दिएको छ । उनको खोजीकार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?