प्रचण्ड र सुष्मा स्वराजबीच भेटवार्ता

काठमाडौं, १९ माघ । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आजपनि विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिएकी छन् बिहीबार काठमाडौं आएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिरहेकी छन् । सोल्टी होटलमा जारी भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी समझदारीकाबारेमा छलफल भइरहको बताइएको छ स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने छिन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न उनी आफू बस्दै आएको होटल सोल्टीबाट ११ः४५ बजे शितल निवास प्रस्थान गर्नेछिन् । शितल निवासबाट १२ः३० बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जानेछिन् स्रोतले जनाए अनुसार, मधेश केन्द्रि दलका नेतहरुसँग पनि स्वराजले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको बताइएको छ सुष्मा स्वराज २ः१५ बजे एयरपोर्टतर्फ प्रस्थान गर्नेछन् र ३ बजे स्वदेश उनी भारत फर्किने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?