प्रदेश सभा दलको विधानका लागि कांग्रेसले बनायो समिति

काठमाडौँ, १९ माघ- प्रमुख सत्तारुढ दल कांग्रेसले प्रदेश सभामा संसदीय दल गठन गर्न आवश्यक पर्ने विधानका लागि समिति बनाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको संयोजकत्वमा प्रदेशस सभामा कांग्रेसको संसदीय दल गठन गर्न आवस्यक पर्ने विधानको मस्यौदा निर्माण गर्न तीन सदस्यीय समिति बनाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए शर्माका अनुसार पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र कानुनसचिव केशव रिजाल सदस्य छन् । समितिलाई जतिसक्यो छिटो विधानको मस्यौदा तयार गर्ने म्यान्डेट दिएको प्रवक्ता शर्माले बताए समितिले विधानको मस्यौदा तयार गरेपछि पार्टीको केन्द्रीय समिति बैठक बोलाएर अनुमोदन गरी कार्यान्वयनका लागि प्रदेश–प्रदेशमा पठाउने तयारी कांग्रेसको छ । २३ माघसम्म सबै प्रदेशमा पहिलो प्रदेश सभा बैठक बसिसक्ने भएकाले त्यसअघि नै विधानको मस्यौदा तयार गरी आकस्मिक रूपमा केन्द्रीय समिति बैठक बोलाएर पारित गर्ने योजना रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले बता, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?