प्रदेश ३ मन्त्री बन्न सुरु भयो लबिङ, बाट ११ जना मन्त्री बन्दै

हेटौडा, १९ माघ- संविधानले तोकेबमोजिम प्रदेशमा बढीमा ११ जना मन्त्री बनाउन सक्ने व्यवस्था छ । एमाले र माओवादी केन्द्रले थोरैमा सात र बढीमा ११ वटासम्म मन्त्रालय बनाउने सहमति गरेका छन् । दुवै दलले ७०-३० प्रतिशतको आधारमा भागबन्डा गर्ने सहमति गरेका छन् । यस्तो भएमा प्रदेश ३ मा एमालेबाट सात र माओवादीबाट चार मन्त्री हुन पाउँछन् । तर, कुन मन्त्रालय कुन पार्टीले लिने भन्ने विषयमा निर्णय भइनसकेको माओवादी सांसद शालिकराम जमरकटेलले बताए बिहिबार प्रदेशको पहिलो अधिवेशन सकिएलगत्तै एमाले र माओवादी केन्द्रका सांसद मन्त्री बन्ने दौडधूपमा लागेका छन् । पहिलो अधिवेशनपछि धेरैजसो सांसद मन्त्रीका लागि नेता भेट्न काठमाडौं पुगेका छन् प्रदेशमा यी मन्त्रालय हुन्छन्सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात मन्त्रालय बनाउने निर्णय गरेको छ । आवश्यक मन्त्रालय आफ्नै प्रदेशले कानुन बनाई बढाउन सक्ने व्यवस्था छ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयआन्तरिक मामिला तथा कानुन मन्त्रालयआर्थिक मामिला तथा योजना मन्त्रालयभौतिक पूर्वाधार विकास मन्त्रालयसामाजिक विकास मन्त्रालयउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयभूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?