आर्मीलाई स्तब्ध बनाउँदै मनाङ फाइनलमा

काठमाडौं । पाँच पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औँ संस्करणको आहा-रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लवलाई ३-२ गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले समान एक-एक गोल गरेका छन् । त्यस्तै आर्मीको तर्फबाट भरत खवास र दिप कुमार लामाले समान एक-एक गोल गरेका हुन् । अब मनाङले फाइनलमा शनिवार नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?