दरबारमार्ग ‘रेप’ प्रकरण : ‘नग्न बनाएर भिडियो खिचिएको थियो’

काठमाडौँ, १९ माघ- दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन्, कान्तिपुरमा खबर छापिएको छ मेडिकल रिपोर्ट तयार पार्ने क्रममा युवतीले दिएको उक्त बयानलाई बेवास्ता गर्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनालाई गुपचुपमा मिलाउने प्रयास गरेको हो प्रेमी शैलेश कार्कीले खाजा खान भन्दै बोलाएपछि दिउँसो युवती उनलाई भेटन आएकी थिइन् । कुनै होटलमा म:म र वाइन खाएपछि युवतीलाई निद्रा लागेजस्तो असहज भएको तथ्य रिपोर्टमा उल्लेख छ । युवतीका अनुसार त्यसपछि शैलेशले उनलाई करिब साढे नौ बजेतिर ल्यान्डमार्क होटलमा पुर्‍याएका थिए । केहीबेरमा शैलेशका अन्य साथी कोठामा आएका थिए युवतीले चिकित्सकसामु दिएको बयानअनुसार राति चार युवा मिलेर उनको लुगा फुकालिदिएका थिए । लगत्तै युवती सुरक्षाका लागि कोठाभित्रै भएको बाथरुममा लुक्न गएकी थिइन् । बाथरुमबाट निकालेर शैलेशले ओछ्यानमा यौनसम्पर्क गरेका थिए । त्यस क्रममा एक युवकले आफूलाई पुलिस बताउँदै उनको नग्न भिडियो खिचेका थिए । यौनसम्पर्क गर्न बारम्बार इन्कार गर्दै आएकी युवतीले आफ्नो इच्छाविपरीत गरिए होटलको छतबाट हामफाल्ने चेतावनीसमेत दिएकी थिइन् । तर उनको कुरालाई बेवास्ता गर्दै शैलेश र अन्य युवाले जबरजस्ती बलात्कार गरेको युवतीले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?