कार्टुनिस्ट अविन श्रेष्ठले ल्याए दोस्रो कार्टुन सङ्ग्रह

काठमाडौं । चर्चित कार्टुनिस्ट अविन श्रेष्ठको दोस्रो कार्टुन सङ्ग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘बेस्ट अफ अविन’ नामक उनको दोस्रो कार्टुन सङ्ग्रह लोकार्पण भएको हो ।

बुक आर्ट नेपालले प्रकाशित गरेको उक्त सङ्ग्रहमा २०६२/६३ को दोस्रो जनआन्दोलन पछिको नेपाललाई प्रतिबिम्बित गर्ने कार्टुनहरु सङ्ग्रहित भएको अविनले बताए । ‘जनआन्दोलनपछि अहिलेसम्म मैले आफै बनाएका कार्टुनहरु भेला गरेर यो सङ्ग्रह प्रकाशन गरेको छु,’ उनले लोकपथसँग भने ।

आफू आवद्ध भएका पत्रिका तथा म्यागाजिनका तत्कालीन सम्पादकहरुबाट कार्टुन सङ्ग्रह लोकार्पण गराएका अविनले कार्यक्रममा बोल्दै उनीहरुको मार्गनिर्देशन र साथ, सहयोगप्रति आभार प्रकट गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपाल, युवराज घिमिरे साथै कान्तिपुरका निवर्तमान प्रधान सम्पादक नारायण वाग्ले, वर्तमान प्रधान सम्पादक सुधिर शर्मा लगायत पत्रकार, कार्टुनिस्ट तथा कलाकारहरुको उपस्थिति थियो ।

अविन श्रेष्ठको कार्टुनयात्राका बारेमा जान्न चाहनुहुन्छ भने यो भिडियो नछुटाइ हेर्नुहोला :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?