काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले श्रीमती बिन्दा घिमिरेको विषयमा बोलेका छन् । उनले स्पष्टिकरण दिएका छन् । नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै ३ लाख घुस माग गरेको विषय सार्वजनिक भएपछि भट्टराईले विहीबार फेसबुकमार्फत् स्पष्टीकरण दिएका हुन्।
उनले भनेका छन् ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन। सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ। कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया