वैज्ञानिकहरुले भेट्टाए धर्तीमा जन्मिएका पहिलो व्यक्तिको कंकाल

काठमाडौं । धर्तीमा मानिसको जन्म कहिले भयो ? यस कुरालाई लिएर केहि थ्योरिजहरु छन् । मानिसहरुलाई बाँदर र आदिमानवको अंश मान्ने गरिन्छ ।

मानिसहरुको अस्तित्वको यो रहस्य सुल्झाउन केन्याको झीलमा पाइएको ८ वर्षका बच्चाको कंकालले धेरै मद्दत पुर्याएको छ ।

त्यस बारेमा जानकारहरुले धर्तीमा मानव हुनुपूर्व आदिमानवका केहि प्रजातीहरु रहेको बताएका छन् । जसमा इरेक्टस, होमो ह्याबिलिस र प्यारेन्थ्रोपस बोइसी सामिल छन् ।

नयाँ कंकाल मिलेपछि त्इसमा होमो रुडोल्फेन्सिसको पनि नाम जोडिएको छ । मानव जातीको जन्मको रहस्य समेटिएको यो झीलको नाम तुर्काना रहेको छ ।

त्यहाँ १९८४ मा फेला परेको ८ वर्षको बच्चाका कंकालले मानव प्रजातीलाई बिस्तारमा बुझ्न सक्ने सहयोग गरेको छ ।

वैज्ञानिकहरुका अनुसार आज भन्दा करिव बीस लाख वर्ष पहिला धर्तीमा पहिलो पटक मानिसको जन्मिएको थियो । त्यसबेला देखि अहिलेसम्म धेरै फरक भईसकेको छ ।

त्यसबाट पहिला मानिसहरु कसरी बस्ने गर्दथे ? के खान्थे ? भन्ने बारेमा पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् ।

वातावरण भएको परिवर्तनले हरियाली रहेको उक्त ठाउँमा बिभिन्न कन्दमूलहरु पाइने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

अहिले उक्त तलाउ ज्वालामुखी गतिविधिहरु हुने इलाकामा पर्ने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

केन्याका वैज्ञानिक रिचर्ड लिकीले १९६८ मा त्यस तलाउको खाजी गर्न शुरु गरेका थिए ।उनले १९७२ मा मात्र पहिलो सफलता हात पारेका थिए ।

त्यसबेला उनले एक होमो रुडोल्फेन्सिस नामक आदि मानवको शिरको कंकाल फेला पारेका थिए ।

त्यसैले शोध गरिरहेका वैज्ञानिकहरुले मानिस केहि प्रजातीको अंश नभएर बिभिन्न प्रजातीहरुबाट बनेको एउटा स्वरुप भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?