बारामा १० वर्षिया बालिका बलात्कृत

बारा । बारामा १० वर्षिया बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका–७ नदिया टोल बस्ने १९ वर्षीय करन सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले करनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?