आहा-रारा गोल्डकपमा आज मनाङ र आर्मी भिड्दै

काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहारारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्द्धा हुने भएको हो । खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

दुवै टिम फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदै छन् । गएको संस्करणमा उपविजेता बन्दै बाहिरिएको आर्मी लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाउन चाहन्छ भने
आहा रारामा सफल मानिदै आएको मनाङ पनि आर्मीलाई हराएर फाइनल स्थान सुरक्षित गर्ने दाउमा रहेको छ ।

क्वाटरफाइनलमा आर्मीले एु डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । मनाङले झापा-११ लाई १-० गोल अन्तरले हराएको थियो।

आर्मी र मनाङबीचको विजेताले फाइनलमा शनिवार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्द्धा गर्नेछ।

पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?