कोरोना भाइरस : युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध

काठमाडौं । अमेरिकाले बेलयातबाहेक अन्यु युरोपेलि देशबाट यात्रामा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्ने खतरासँगै प्रतिबन्ध लगाइएको हो ।

बिहीबार विहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुत्रबारबाट ३० दिनसम्मका लागि लागू हुने घोषणा गरेका छन् ।

उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।

ट्रम्ले भने ‘नयाँ संक्रमण हाम्रोमा प्रवेश रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?