घुस र नागरिकता सच्याएको अभियोगमा पक्राउ

काठमाडौँ, १८ माघ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १८ हजार घुस लिएको अभियोगमा महानगरीय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी जवान उमेशकुमार थापालाई आज पक्राउ गरेको छ आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार दुर्घटनासम्बन्धी उजुरी मिलाइदिने भन्दै प्रहरी जवान थापालाई सेवाग्राहीसँग ‘घुस मागिरहेको अवस्थामा’ थिमी–९ भाटभटेनीबाट पक्राउ गरिएको हो आयोगले आजै नागरिकता सच्याई झुटा विवरण पेश गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण मस्र्याङ्दीका इलेक्ट्रिसियन नीतिबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभियुक्त गुरुङले सरकारी सेवा प्रवेश गर्न चाहिने उमेरको हद नाघेकामा आफँैले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा जन्ममिति सच्याई झुटा विवरणको नागरिकताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएर बढुवासमेत भएको आरोप आयोगले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?