प्रदेश नम्बर ५ को बैठकका लागि यस्तो तयारी

बुटवल, १७ माघ – प्रदेशसभाको नयाँ संरचनानुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दैछ प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गर्नुभएको छ । प्रदेश नं ५ का मुख्यसचिव शंकर पाठक आफ्नो जिम्मेवारी सम्हाल्न आज मात्र यहाँ आइपुग्नुभएको छ । उहाँले क्षेत्रीय प्रशासन कार्यालय रहेका ठाउँका कर्मचारी र भौतिक संरचनाको व्यवस्थापनमा समस्या नभएको बताउनुभयो प्रदेश नं ५ को बैठक बस्ने स्थल तोकिएको बुटवल उद्योग वाणिज्य संघको सचिवालय र सभाकक्षको निर्माणको काम संघीय संसद्् सचिवालयले तोकेको मापदण्डबमोजिम अघि बढाइएको छ । प्रदेशसभा सचिवालय र प्रदेशसभा बैठक भवनमा आज सूचनापाटी राख्ने काम मात्र भएको छ बैठक कक्षमा संघीय संसद् सचिवालयले तोकको मापदण्डबमोजिम प्रदेशसभा बैठक कक्षको संरचनाको थालनी अझै शुरु हुन सकेको छैन । बैठक कक्षमा सभामुख, उपसभामुखलगायतको प्रतीक्षाकक्ष छुट्याउनुपर्ने, मर्यादापालक, सभामुखको अगाडि दायाँतर्फ सत्ता पक्ष र बायाँतर्फ प्रतिपक्षका सदस्य बस्ने स्थान तोकेर बनाउनुपर्ने, गलैँचा बिछ्याउने, कुर्सीको रङ समान गर्ने, दर्शक दीर्घा र सञ्चारकर्मीको अलग्गै स्थान तोकेर व्यवस्थापन गर्ने लगायत प्रारम्भिक कामको शुरुआत हुँदैछ प्रदेशसभा कक्षको मुख्य मञ्चमा सभामुख, सचिव र कर्मचारी बस्ने तथा अभिलेख कक्षसमेत रहने गरी निर्माण गरिनेछ । अभिलेख कक्ष निर्माणका लागि केन्द्रबाट खटिआएका रेडियो नेपालका दुई प्राविधिकले काम गरिरहेका छन् सरकारले प्रदेशसभा बैठक सञ्चालनका लागि २७ कर्मचारी खटाइसकेको भए पनि हालसम्म कुनै कर्मचारी आइपुगेका छैनन् । संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालको नेतृत्वमा प्रदेशसभामा खटिएका कर्मचारीलाई सहजीकरण गर्न चार जनाको टोली तीन दिनअघि यहाँ आइपुगेको छ । कर्मचारीलाई सहजीकरण गर्न आएको टोली कर्मचारी नै कोही पनि नआइपुगेकाले आफँै बैठकको तयारीमा जुट्नुपरेको टोली प्रमुख सहसचिव अर्याल बताउनुहुन्छ प्रदेश सांसद् बस्नका लागि भनेर हाल बुटवल उपमहानगरपालिकाबाट केही कुर्सी ल्याएर समान रङका बनाउन शुरु गरिएको र दर्शकदीर्घामा बस्नेलाई झन्डै एक सय कुर्सीको व्यवस्थापन गर्नुपर्ने देखिएको छ । बैठकलाई मर्यादित र उत्कृष्ट बनाउन आजै राष्ट्रिय राजनीतिक दलका स्थानीय नेतृत्वसँग सर्वदलीय बैठक गरिएको जानकारी उहाँले दिनुभयो । संसदीय परम्परानुसार बैठक बस्नुअघि बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बस्नुपर्ने हुन्छ तर हालसम्म कार्यव्यवस्था समिति नै गठन नभएकाले सर्वदलीय बैठकले कार्यसूची तय गर्न सहज हुने ठानेर नै बैठक आह्वान गरिएको उहाँले बताउनुभयो प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको अध्यक्षतामा बस्नेछ । सोही बैठकले सभामुख र उपसभामुखको चयनको मिति तय गर्नेछ । पहिलो बैठकको तयारीका लागि ज्येष्ठ सदस्य पोखरेल आज आफ्नै कार्यकक्षमा व्यस्त रहनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?