यस्तो छ एमाले-माओवादी एकता संयोजन समिति बैठकको निर्णय

भक्तपुर, १८ माघ नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० को पार्टी एकता संयोजन समितिले प्रदेशसभाको शक्ति बाँडफाँडसम्बन्धी गरेको निर्णयलाई अनुमोदन गरेको छ आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले दुई पार्टी सम्मिलित कार्यदलले पेश गरेको प्रतिवेदनलाई अनुमोदन गरेको हो बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष एवं कार्यदलका संयोजक वामदेव गौतमले कार्यदलले पेश गरेको प्रतिवेदनलाई बैठकले पारित गरेको जानकारी दिए । दुई पार्टीले प्रदेशसभाका लागि ७०–३० को आधारमा शक्ति बाँडफाँड गर्ने र जसमा चार वटा प्रदेशमा एमालेका मुख्यमन्त्री र सभामुख तथा दुई वटा प्रदेशमा माओवादीका मुख्यमन्त्री र सभामुख रहने गरी कार्यदलले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको हो बैठकले दुई पार्टी एकताबारेमा अझै कसरत नपुगेको ठहर गरेको छ । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने , “पार्टी एकताका सम्बन्धमा अझै दुई÷तीन चरणमा दुई पार्टीका शीर्ष नेतृत्वमा छलफल गरेर कार्यदल बनाउने कुरा भएको छ ।”त्यसैगरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका वेला एमाले, माओवादी केन्द्रसहित वाम गठबन्धनले भेटघाट गर्ने क्रममा निर्वाचनमा आएको परिणामअनुसारको साझा जनमतलाई आधार बनाएर कुराकानी गर्नेबारे सहमति भएको जनाएको छ बैठकमा दुई पार्टीबीच हुने एकताका सम्बन्धमा पनि छलफल गरेको थियो । बैठकमा दुई पार्टीका अध्यक्षले एकताबारे भएका प्रगतिको ब्रिफिङ गरेको बताइएको छ बैठकमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, नेताहरु ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु रामबहादुर थापा, वर्षमान पुनको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?