चर्चित नायिका प्रियंका कार्की पहिलोपटक दोहोरीमा

काठमाडौं, १ असोज ।चल्तीकि नायिका प्रियंका कार्कीले पहिलो पटक दाहोरी गीतको भिडियोमा अभिनय गरेकि छन । नेपाली सिने क्षेत्रकि सर्वाधिक व्यस्त नायिका कार्कीले यस अघि दर्जनौ आधुनिक गीतहरुमा भने अभिनय गरिसकेकी छन । कार्कीद्धारा अभिनित ‘नसोध कसैलाई’ बोलको पहिलो लोकदोहोरी गीत सार्वजनिक हो । भिडियोमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्की जमेकि छन ।नबिन भट्टराई र प्रिया भण्डारीको स्वरमा रहेको यस गीतमा गीतकार तथा संगीतकार शिब सुबेदीको शब्द–संगीत रहेको छ । भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन । राजिब समीरले कोरियोग्राफी गरेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?