प्रधानमन्त्रीलाई सिंगापुर लैजाने हल्लाबारे सचिवालयको खण्डन : सतप्रतिशत झुटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था बारे आएको भ्रमपूर्ण खबरको प्रधनमन्त्रीको सचिवालयले खण्डन गरेको छ । सचिवालयले प्रमको स्वास्थ्य अवस्था सुधारोन्मुख अवस्थामा रहेका पनि स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकपथसंग कुरा गर्दै भने विभिन्न सञ्चारमाध्यमले प्रम ओलीको स्वास्थ्य अवस्था बिग्रिएको र सिंगापुर लैजाने तयारी भएको भनेर प्रकाशित समाचार सतप्रतिशत झुटो रहेको स्पष्ट पारेका हुन् ।

आज बिहान विभिन्न अनलाइन मिडियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खराव रहेको समाचार प्रकाशित गरेका थिए । सल्लाहकार थापाले झुट र भ्रमको खेती नगर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?