फिल्म फ्लप भएर फरक पर्दैनः सौगात मल्ल

काठमाडौं, १८ माघ – एकपछि अर्को गर्दै फिल्ममा देखिएका र तर धेरै फ्लप फिल्म दिएका सौगात मल्लको पछिल्लो चलचित्र ‘लालपुर्जा’ पनि व्यावसायिक रुपमा सफल बन्न सकेन अहिले चलचित्र ‘पञ्जेबाजा’ को प्रचारमा खुलेर लागेका सौगात मल्लको चलचित्र ‘पञ्चेबाजा’ फागुन ११ गतेबाट प्रदर्शन हुँदैछ । गाउँको कथामा बनेको चलचित्र ‘पञ्चेबाजा’ मा सौगात मल्ल पनि देखिँदैछन् । पञ्चेबाजा युनिटले निर्माण टिमले राखेको पत्रकार भेटघाट कार्यक्रममा उनले फिल्म राम्रो भए चल्नुपर्ने तर फिल्म नै राम्रो छैन भने नचल्दा पनि खासै घाटा नपर्ने धारणा राखे भेटघाटमा मुख्य केन्द्र बनेका सौगातले आफूले फरक भूमिका निर्वाह गर्न रुचाउने मान्छे भएको र चलचित्र ‘पञ्चेबाजा’ मा पनि फरक भूमिका गरेको बताए घनश्याम भट्टराईले निर्देशन गरेको चलचित्रमा सौगातका अलावा कर्मा श्रेष्ठ, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे लगायतले अभिनय गरेका छन् फिल्मलाई राजेश शाहीले निर्माण गरेका हुन् भने सारा गुरुङ सह–निर्माताका रुपमा छिन् । चलचित्रलाई हरि घले लामाले छयाांकन गरेका हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?