बाँस्कोटको घरमा भएको बम विष्फोटप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गोकुल बाँस्कोटको घरमा भएको बम विष्फोटप्रति नेकपाले निन्दा र भत्र्सना गर्दै आपत्ति जनाएको छ ।

बुधबार बिहान बास्कोटाको मध्यपुर नगरपालिका वडा नं. १, लोकन्थली, भक्तपुरस्थित निजी निवासमा बम बिस्फोट भएको थियो ।

उक्त घटनापछि एक विज्ञप्ती जारी गर्र्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त घटनाप्रति घोर भत्र्सना गरेको जनाएका हुन् । उक्त विज्ञप्तीमा भनिएको छ ‘उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु’ साथै उक्त घटनाप्रति आपत्ती जनाएँदै भनेका छन्, ‘घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?