नेपाल र भारतबीचको सम्बन्ध अझै मजबुत हुनेछः स्वराज

काठमाडौँ, १८ माघ – भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको बताएकी छिन् अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताउँदै भनिन्, “नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।”नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा(एमाले) अध्यक्ष, र राजपा नेता आदिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?