शुरु भयो निजी विद्यालयको अनुगमन

काठमाडौँ, १८ माघ – आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले पछिल्लो समय निजी विद्यालयको पनि अनुगमन शुरु गरेको विभागले आज गरेको अनुगमनका क्रममा बाफलको रुपिज इन्टरनेशनल विद्यालय र कपनमा रहेको ड्याफोडिल विद्यालयलाई सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ अनुगमन अधिकृत नीरज घिमिरेका अनुसार पछिल्लो समय विद्यालयले वैज्ञानिक मापदण्ड बनाएर शुल्क लिएको नपाएपछि अनुगमन शुरु गरिएको हो विभागले शुल्कको आधिकारिकता खुल्ने कुनै पनि निकायको स्वीकृतिपत्र तथा सो शुल्क लिने सम्बन्धमा कुनै पनि तहगत निर्णय नपाइएकाले सो व्यहोरा खुल्ने कागजातसहित सात दिनभित्र यस विभागमा पेश गर्न निर्देशन दिइएको घिमिरेले जानकारी दिनुभयो त्यसैगरी कपनमा रहेको ड्याफोडिल पब्लिक विद्यालयलाई पनि दर्ता कागजातमा विद्यालय बत्तिसपुतलीमा रहेको तर स्कुल कपनमा रहेकाले ठाउँसारी गरी कपन कायम गर्न । विद्यालय शुल्क निर्धारण शुल्क संरचना, छात्रवृत्ति सम्बन्धमा विद्यमान शिक्षा ऐन, नियमावली, संस्थागत विद्यालयको मापदण्ड र शुल्क निर्धारण निर्देशिका आधार लिई शुल्क प्रस्ताव तयारी नगरेकाले स्पष्टीकरणका लागि सात दिनभित्र यस विभागमा उपस्थित हुन निर्देशन दिइएको छ केही समयअघिसम्म खाद्य क्षेत्रको मात्र अनुगमन गर्दै आएको विभागले बढी शुल्क लिएको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि निजी विद्यालयको पनि अनुगमन शुरु गरेको हो । अनुगमनका क्रममा अबको केही समय काठमाडौँ उपत्यका बाहिरका विद्यालयमा पनि अनुगमन गर्ने विभागको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?