प्रधानमन्त्रीको स्वास्थ्य अवस्था : ‘घरमा तयारी नपुगेकाले हतारमा डिस्चार्ज नगरिएको मात्रै हो’

काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएको प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यामा उल्लेख्य सुधार आएको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएकाले अबको केही दिनमा अस्पतालले डिस्चार्ज गर्नसक्ने बताइन् ।

‘डिस्चार्ज गर्दा पनि हुन्छ । प्रधानमन्त्रीज्यू पनि घर जान चाहानुहुन्छ । तर घरमा पनि केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिएको मात्रै हो’, डाक्टर शाहको भनाइ छ । ‘यसै दिन डिस्चार्ज गरिन्छ भनेर अहिले मिति नै तोक्नु उपयुक्त हुँदैन । तर स्वास्थ्य अवस्था हेर्दा केही दिनभित्र डिस्चार्ज गर्न सकिन्छ । यद्यपी जोखिमको खतरा धेरै हुने भएकाले धेरै केयर गर्न जरुरी छ’ शाहले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?