अमिताभ बच्चनले ट्वीटर चलाउन छोडे, कारण यस्तो

मुम्बई – बिग बी अमिताभ बच्चनले सामाजिक सञ्जाल ट्वीटरलाई अलबिदा गर्ने भएका छन् । ट्वीटरमा मात्र उनका फलोअर्स ३ करोडभन्दा बढी छन् । पछिल्लो समय भने उनका फलोअर्स ३.३ करोडबाट घटेर ३.२९ करोड भएका थिए अमिताभले बुधवार ट्वीट लेखेका छन्, ‘ट्वीटर तिमीले मेरा फलोअर्सको संख्या घटाइदियौ । हाहा । यो मजाक हो । अब ट्वीटरबाट विदा लिने समय आएको छ । यो यात्राका लागि धन्यवाद । यस समुद्रमा अरु पनि माछा छन्। जो रोचक छन् ।’बिग बी ले ट्वीटरमा फलोअर्सका मामलामा सलमान खान, आमिर खान, प्रियंका चोपडा र दीपिका पादुकोणभन्दा पनि अघि छन् । माइक्रो ब्लगिङ साइट ट्वीटरमा अमिताभ बच्चन र शाहरुख खानका फलोअर्स भने बराबर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?