नेपाल आइपुगिन् भारतीय विदेशमन्त्री

काठमाडौँ, १८ माघ । भारतीय विदेशमन्त्री शुष्मा स्वराज दुई दिने नेपाल भ्रमणको क्रममा काठमाडौं आइपुगेकी छिन् । उनी बिहिबार अपरान्ह भारतीय वायु सेवाको विशेष विमानमार्फत काठमाडौं आएकी हुन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए औपचारिक घोषणा नगरिएपनि भारतीय प्रधानमन्त्री मोदीको विशेष दूत भएर काठमाडौं आएकी विदेशमन्त्री स्वराजले राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्षकेपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेताहरुसँग भेट गर्नेछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?