चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

काठमाडौं । मेलौली नगरपालिका-९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरी लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने “यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका-४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सातयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ ।”

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?