आहा रारा गोल्डकप : आर्मी र संकटा भिड्दै

काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र संकटाबीचको खेल दिउँसो २:३० बजे हुनेछ ।

दुवै टिम जित निकाल्दै अन्तिम चारमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?