केही दिनमा पार्टी एकताका साथ नयाँ सन्देश दिन्छौंः प्रचण्ड

काभ्रे, १८ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा नेकपा एमाले र माओवादीबीच एकता हुने बताएका छन् बिहीबार गाउँपालिकाले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘बाम एकता रोक्न प्रतिक्रियावादीहरु लागिपरेका छन्, हामी केही दिनमै पार्टी एकता टुंगो लगाएर नयाँ सन्देश दिन्छौं ।’त्यस्तै, प्रचण्डले विगत ७० वर्षदेखि अहिलेसाँ यस्तै प्रतिक्रियावादीहरुले देशलाई अगाडि बढ्न नदिएको भन्दै अब उनीहरुको योजना विफल हुन दाबी गरे यसैबीच प्रचण्डले काभ्रेवासीलाई प्रदेश नं. ३ को राजधानी काभ्रेमै हुनसक्ने आश्वासन समेत दिएका छन् अहिलेको सरकारले तोकेको राजधानी अस्थायी भएको भन्दै प्रचडले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेमै राजधानी बन्न सक्ने बताए कार्यक्रममा एमाले नेता तथा सांसद गोकुल बास्कोटासहित काभ्रेबाट विजयी भएका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?