भारतमा सवारी दुर्घटना: २ नेपालीको मृत्यु

१७ माघ- भारत बहराईच जिल्लाको रिसियामा भएको सवारी दुर्घटनामा परी २ नेपालीको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् । उत्तरप्रदेश राज्यको बहराईच जिल्लाको रिसियामा ट्रक र जिप एकआपसमा ठोक्किदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ भारतको रुपैडिहाबाट लखनउका लागि जादैं गरेको नेपाली सवार यूपी ४० एक्स ८६१४ नम्बरको जिप र युपी २१ एन ७०६२ नम्बरको ट्रकसँग ठोक्किदा दुर्घटना भएको  हो दुर्घटनामा परेर बाँके नेपालगन्ज निवासी मुनब्बर अली हल्वाई र रोशन शाहको मृत्यू भएको छ । दुर्घटनामा घाइते हुनेहरुमा नेपालगन्ज निवासी संग्राम शाह, अंगुर खड्का र ईमरान अली हल्वाई घाइते भएका छन् । घाइते इमरान मृतक मुनब्बरका छोरा हुन् ईमरानलाई थप उपचारका लागि लखनउ रेफर गरिएको छ । अन्य घाइतेको भने बहराईचमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएइको छ । मृतक हल्वाई मंसिरमा सम्पन्न प्रतिनिधीसभामा नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । हल्वाई नेपालगन्जमा मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्गका संचालक समेत हुन् । मृतक शाह पुर्ब प्रहरी नायब निरिक्षक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?