प्रदेश ४ मा माओबादी मन्त्रीको कसरत, चर्चा भन्दा सिनियरले वाजी मार्ने संभावना

पोखरा, १८ माघ – चुनाबअघि सांसदको टिकट पाउन दौडधुप गरेका नेताहरुले चुनाब जितेपछि पनि विजयी सांसदको दौडधुप कम भएको छैन । प्रदेशसभाको तयारी धमाधम अगाडी बढेसंगै मुख्य गरि प्रदेश सरकारमा जाने संभावना बोकेका दुई राजनितिक दलहरु एमाले र माओबादीका सांसदहरु मन्त्री र सभामुखको दौडमा छन । नेताहरुले केन्द्रीय लविङ्ग संगै मन्त्रीका लागि आ आफ्ना तर्कहरु मिडिया मार्फत समेत प्रस्तुत गरिरहेका छन । पार्टीमा सिनियर नेताहरुले सिनियारीटीको आधारमा मन्त्री बनाउने कुरा उठाएका छन भने जुनिएर नेताहरुले भने आफुहरु मन्त्रीका लागि योग्य भएको प्रचारबाजि पनि गरिरहेका छन मन्त्रीको आषमा राजधानीतिर दौडने सांसद भने अधिकांस वाम गठबन्धनकै छन् । कांग्रेसबाट विजयी हुने सांसदको दौडधुप भने वाम गठबन्धनका नेताको जस्तो छैन । प्रदेश ४ मा वामपन्थीकै बहुमत रहेको र सरकार बन्ने निश्चितजस्तै भएकोले उनीहरुको दौडधुप नभएको हो । प्रदेश ४ मा माओबादीको भागमा परेको सभामुख रु एमालेको भागमा परेको मुख्यमन्त्रीका लागि नेताहरु आन्तरीक प्रतिष्पर्धामा छन । मन्त्रालयको भागबण्डामा पनि बिभिन्न खाले आंकलनहरु आउन थालेका छन । नेताहरु पिच्छे फरक धारणाहरु पनि सार्बजनिक भएका छन । प्रदेश ४ मा सभामुख पाएको माओबादीले पनि संभावित पात्रहरुको बारेमा अनौपचारीक छलफल सुरु गरेको भएपनि आधिकारीक र्निणय भएको छैन । यद्यपि प्रदेशसभा बैठक नजिकिदै जाँदा नेताहरुलाई सभामुखको उमेदवार छनौट गर्ने दवाव पर्दे गएको छ । सभामुखमा पनि धेरै नेताहरुले दावि गर्दे आएका छन माओाबादीमा महिला सांसद ४ जना मात्र भएका कारण सभामुखमा ४ जना मध्ये एक हुने प्रबल संभावना छ । उद्यपि पुरुष सांसद पनि सभामुखका आकाक्षी छन । तनुहु बाट र्निबाचित आसा कोईरालाले सुरु देखि नै पार्टीको शिर्ष नेताले आफुलाई सभामुखको रुपमा प्रस्तुत गरेकोले आफु र्निबिरोध सभामुखको हुने दावि गरेकी छन भने कास्की बाट सभानुपातिक सुचिमा परेका गायत्री गूरुङ्ग पनि सभामुखको प्रमुख दाबेदार आफु भएको बताउछीन । त्यस्तै लमजुङ्गकी मधु अधिकारी पनि सभामुखको लबिङ्गमा देखिएकी छन । पार्टीले संभबत महिला सभामुख बनाउने संभावना बढी रहेको उच्च स्रोतले बताएको छ ।कुसुम र अधिकारी हालसम्म कुनै लाभकोे पदमा नरहेकोले उनिहरु मध्ये एकले सभामुख पाउने एक शिर्ष नेताले दावि गरेका छन त्यसै गरि माओबादीले पाउने मुख्य मन्त्रालयहरुमा पनि आकाक्षीहरु धेरै देखिएका छन । सात मन्त्रालय मात्र हुने प्रदेशमा माओबादीले कति पाउने भन्ने टुंगो लगाएको भएपनि सांसदहरु आन्तरीक दौड र नेताहरुको लविङ्ग बोकेर हिडिरहेकै छन । यद्यपि माओबादी उच्च स्रोतका अनुसार प्रदेश ४ मा बलियो दाबेदारका रुपमा सांसद नेत्र अधिकारी, हरि बहादुर चुमान र कास्की बाट रामजि बराल रहेका छन । प्रदेशको राजधानी पोखरा भएका कारण सांसद रामजिले कुनै न कुनै मन्त्रालय पाउने स्रोतको भनाई छ । पार्टीमा सिनिएर मानिएका नेत्र अधिकारी र हरि बहादुर चुमान पनि र्निबिकल्प मन्त्रीको संभावना बोकेका सांसद भएको ति नेताको दावि छ । पार्टीको भुगोल सन्तुलन र क्लष्टर मिलाउनको लागि पनि यि यि बाहेक अरु सांसदको संभावना नभएको बताइएको छ । यद्यपि अन्य केही सांसदहरुले पनि आफु मन्त्रीको संभावित पात्रको रुपमा मिडियामा चर्चा चलाएको भएपनि उनिहरुको बिषयमा केही कतै छलफल नभएको नेताहरुको प्रतिकृया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?