काठमाडौं । चितवन, सुनसरी, मोरङ, दाङ र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका ३ सहिद चोकस्थित सडकमा बा १ ख ९८५९ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री नवलपरासी कावासोती नगरपालिका १७ बस्ने करिब ५० वर्षीय ठाकुर पौडेलको आइतबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, ईनरुवा नगरपालिका ६ स्थित सडकमा ना ७ ख ७१८१ नम्बरको ट्याङकरको ठक्करबाट सोही ठाँउ बस्ने पैदलयात्री ४८ वर्षीय मोनिमायाँ गिरीको आइतबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बेलबारी नगरपालिका ९ नलबारीस्थित सडकमा मे।८ प ५२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाँउ बस्ने २८ वर्षीय तेज बहादुर धिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका धिमालको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, लमही नगरपालिका–१ सुनडबरीस्थित सडकमा रा १ ख १७९५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाँउ बस्ने २४ वर्षीय होम बहादुर घर्तीमगरको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, वुटवल उपमहानगरपालिका–४ स्थित सडकमा बा–१२ च २३१८ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५२ वर्षीय रबिन्द्र बर्माको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ ।
जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया