९ चैत्र २०७९, बिहीवार

ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपिल

२०७४,आश्विन,१,आईतवार ११:२५

0
Shares

काठमाडौं, १ असोज ।निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई अपिल गरेको छ । प्रदेश २ का ८ जिल्लामा सोमबार तेस्रो चरणमा स्थानीय तह चुनाव हुँदैछ । चुनावको पूर्वसन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनलाई पर्वको रुपमा मनाउन अपिल गरे ।कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्न आयोगले सबै मतदातालाई आह्वान गरेको छ ।प्रदेश नम्बर २ मा सोमबार हुने स्थानीय तह चुनावको सबै तयारी पूरा भइसकेको आयोगले जनाएको छ । सुरक्षाको पनि भरपर्दो प्रवन्ध मिलाइएको छ । सीमा क्षेत्रबाट हुन सक्ने अवान्छित घुस पैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।आठ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगको तथ्यांक छ । तीमध्ये महिला १४ हजार ३३७ र पुरुष २२ हजार ८६१ को उम्मेदवारी कायम छ ।यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ११:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००