चेल्सीको शानदार जित

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जित हात पारेको छ । आइतबार भएको खेलमा चेल्सीले एभर्टनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा मासोन माउन्ट, पेड्रो, विलियन र ओलिभर जेरुडले एक एक गोल गरे ।

घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा चेल्सीले १४ औं मिनेटमा माउन्टको गोलबाट अग्रता बनाएको थियो । २१ औं मिनेटमा पेड्रोले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।

खेलको ५१ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५४ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए ।

जितसँगै चेल्सीले २९ खेलबाट ४८ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । ३७ अंक जोडेको एभर्टन १२ औं स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?