युनाइटेडको जितमा सिटी स्तब्ध

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २-० गोल अन्तरले हराएको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले समान एक एक गोल गरे ।खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २९ खेलमा ४५ अंक जोडेको छ ।

सिटी ५७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?