चमेलियाबाट विद्युत उत्पादन सुरु, राष्ट्रिय प्रशारणमा ३० मेगावाट थप

दार्चुला, १८ माघ । चमेलिया जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ उत्पादन सुरु भएपछि दोस्रो युनिटको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको चमेलिया जलविद्युत आयोजनाका १५/१५ मेगावाटका दुई युनिट रहेका छन् गत पुस २८ गते पहिलो युनिटबाट १५ मेगावाटको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो करिब १० वर्षअघि सुरु भएको आयोजनाको काम निर्धारित समयभन्दा झण्डै ६ वर्षपछि सम्पन्न भएर ३० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?