दरबारमार्ग बलात्कार प्रकरणः पीडित युवतीले नै दिइन् यस्तो बयान !

काठमाडौं, १८ माघ । काठमाडौंको दरबारमार्गमा भएको भएको भनिएको सामूहिक बलात्कार पीडित युवती प्रहरीको सम्पर्कमा आएकी छन् पीडित युवती सम्पर्कबाहिर रहँदा अनुसन्धानमा समस्या उत्पन्न भएको थियो । बुधबार साँझ युवती सम्पर्कमा आएपछि छानविनका लागि प्रहरीद्वारा गठित समितिका संयोजक एसपी रामदत्त जोशीको टोलीले बयान लिन थालेको छ पीडित युवतीले प्रहरीसँगको बयानमा उनका प्रेमी भनिएका शैलेश कार्कीसँग सहमतिमा नै शारीरिक सम्पर्क भएको बयान दिएकी छन् घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिसरले अलग अलग समिति बनाएको थियो । बलात्कारको घटनाको भोलिपल्ट पीडित युवतीले महानगरीय प्रहरीवृत्त दरबारमार्गमा मौखिक उजुरी दिएकी थिइन् सो प्रकरण प्रहरीले नै लुकाएको आरोप लागेको छ । घटनामा संलग्न भएको आशंकामा दरबारमार्ग वृत्तका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीसमेत थुनामा रहेका छन् भने डिएसपी तिलक भारती समेत काठमाडौं प्रहरी परिसरमा तानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?