माघ २७ मा प्रदेश ३ को सभामुख चयन, अन्तरिम कार्यविधि पारित

हेटौंडा, १८ माघ । प्रदेश ३ को सभामुख माघ २७ मा हुने भएको छ । बिहीबार बसेको पहिलो प्रदेशसभाको बैठकले माघ २७ मा सभामुखको चयन गर्ने मिति तोकेको हो क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्थापना गरिएको प्रदेशसभास्थलमा बसेको बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए । प्रदेश ३ मा एमालेको एकल बहुमत रहेकाले सभामुख र मुख्यमन्त्री एमालेकै हुने निश्चित छ वाम गठबन्धनभित्र प्रदेश ३ को मुख्यमन्त्री र सभामुख एमालेले पाउने र उपसभामुख माओवादी केन्द्रले पाउने सहमति छ । प्रदेशसभाको सभामुखमा एमालेका डोरमणि पौडेल नै चयन हुने सम्भावना रहेको बताइएको छ पौडेल वि.सं. २०४९ र २०५४ मा दुईपटक हेटौंडा नगरपालिकाको मेयर भएका थिए । उनी १५ वर्षदेखि नेपाल नगरपालिका संघको अध्यक्ष समेत भएका थिए । पौडेल सभामुख भएमा माओवादी केन्द्रले महिला उपसभामुख पठाउनुपर्नेछ प्रदेश सभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेको छ भने प्रदेश सभा सञ्चालनका लागि प्रमुख चार दलका एक एक जना रहेका समिति समेत बनाइएको छ बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ दलका नेताहरुले आफ्नो मन्तव्य राखेका थिए । बैठकमा एमालेबाट अष्टलक्ष्मी शाक्य, माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल, काँग्रेसबाट इन्द्र बानियाले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?