१५ असार २०७९, बुधबार

ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपिल

२०७४,आश्विन,१,आईतवार ११:२५

0
Shares

काठमाडौं, १ असोज ।निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई अपिल गरेको छ । प्रदेश २ का ८ जिल्लामा सोमबार तेस्रो चरणमा स्थानीय तह चुनाव हुँदैछ । चुनावको पूर्वसन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनलाई पर्वको रुपमा मनाउन अपिल गरे ।कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्न आयोगले सबै मतदातालाई आह्वान गरेको छ ।प्रदेश नम्बर २ मा सोमबार हुने स्थानीय तह चुनावको सबै तयारी पूरा भइसकेको आयोगले जनाएको छ । सुरक्षाको पनि भरपर्दो प्रवन्ध मिलाइएको छ । सीमा क्षेत्रबाट हुन सक्ने अवान्छित घुस पैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।आठ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगको तथ्यांक छ । तीमध्ये महिला १४ हजार ३३७ र पुरुष २२ हजार ८६१ को उम्मेदवारी कायम छ ।यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ११:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । कक्षाकोठामा पसेर अध्यापन गराउन थालेपछि निर्मला पुलामीलाई आफू शरीरिक रूपमा अपाङ्ग छु भन्ने सम्झना नै हुँदैन । साना

बारा । विद्यालयले ५३ वर्ष अघिदेखि हकभोग गर्दै आएको जमिन व्यक्तिले आफ्नो नाममागरी बिक्री गरेको पाइएको छ । जितपुरसिमरा उपमहानगरपालिका–१७

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सोमबार

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

ताजा समाचार