रुकुम पूर्वको सदरमुकाम सार्ने सरकारको कदम सर्वोच्चद्वारा रोक

काठमाडौं, १८ माघ । रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै सदरमुकाम नसार्न भनेको हो । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने सरकारको निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट हालेका थिए न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सदरमुकाम सार्ने निर्णय विरुद्ध परेको रिटमा कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी पोखरेल, रमन श्रेष्ठ, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए रुकुम पूर्वको सदरमुकाम सार्ने सरकारको निर्णयको विरोधमा एक सातादेखि रुकुममा आन्दोलन चइरहेको छ । सरकारको सदरमुकाम सार्ने निर्णयको विरोधमा सदरमुकामका जनताले सीडीओलाई समेत घेराबन्दी गरेर राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?