काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज हुँदैछ ।
पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र झापा-११ बीच प्रतिस्पर्धा हुनेछ । मनाङ र झापाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ ।
यस अघि आयोजक सहारा क्लबलाई नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया