काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले जित हात पारेको छ । शनिबार राति भएको खेलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन एलेक्जेन्डर लाकाजेटले खेलको ७८ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै आर्सनलले २८ खेलबाट ४० अंक जोडेको छ ।
आर्सनल लिगको नवौं स्थानमा रहेको छ । वेष्ट ह्याम २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया