प्रदेश ३ को प्रदेशसभाको बैठक सुरु

हेटौंडा, १८ माघ । प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सुरु भएको छ दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति क्रमशः बढ्न थालेको छ ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । यस प्रदेशसभाका कूल ११० सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?