प्रदेश ३ को संसद चलाउन खटाइएका २६ कर्मचारी बेपत्ता !

हेटौंडा, १८ माघ । ३ नं. प्रदेशको संसद सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयले २७ जना कर्मचारी पठाउने निर्णय गरेको छ । तर, प्रदेशसभाको बैठक सञ्चालन हुने दिन बिहानसम्म पनि ती २७ कर्मचरीमध्ये एकजना मात्रै हेटौंडा पुगेका छन् संसद सञ्चालनका लागि संसद सचिवालयबाट प्रदेशमा खटाइएका ६ जना मर्यादापालकसहित सचिवालयका ३ जना सिनियर कर्मचारीहरु मात्रै हेटौंडामा रहेका छन् । संसद सचिवालयबाट सहसचिव डा. रोजनाथ पाण्डे, उपसचिव अधिराज राई र शाखा अधिकृत विनोद पौडेललाई एक महिनाका लागि खटाइएको थियो र उनीहरु हेटौंडा पुगिसकेका छन् त्यसैगरी, तालिम दिनेहरु कार्यस्थलमा पुगे पनि विहीबार बिहानसम्म सामान्य प्रशासन मन्त्रालयले खटाएका २६ कर्मचारीहरु तालिम लिनका लागि त्यहाँ हाजिर भएका छैनन् । सामान्य प्रशासन मन्त्रालयले खटाएका २७ कर्मचारीमध्ये विहीबार बिहान ११ बजेसम्म एकजना कर्मचारीमात्रै सम्पर्कमा आएका प्रदेश सचिवालयले जानकारी दिए प्रदेशमा संसदीय अभ्यास पहिलो भएकाले कर्मचारीहरुलाई तालिम र प्रशिक्षणको आवश्यकता छ । तर, उनीहरु बैठक सुरु हुने बेलासम्मा पनि प्रदेश सचिवालयमा देखिएनन् । यसले गर्दा केन्द्रीय संसदको सचिवालयका कर्मचारी र हेटौंडाका केही सरकारी कर्मचारीकै भरमा बैठक अघि बढाउनुपर्ने स्थिति देखिएको छ अहिले प्रदेशसभा बैठकको तयारी सहसचिव डा. रोजनाथ, उपसचिव अधिराज र शाखा अधिकृत विनोदले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?