काठमाडौं । शिक्ष विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्ष परीक्षा (एसईई) पूर्व निर्धारित समयमानै हुने प्रस्ट पारेको छ ।
मन्त्रालयले एक वित्रप्ती जारी गर्दै परीक्षा चैत ६ गतेदेखि हुनेगरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुने बताएको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘‘चैत ६ गतेदेखि हुनेगरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । अतः परीक्षा सारेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालय सबैमा अनुरोध गर्दछ’ ।
साथै मन्त्रालयले घट्नाक्रमको नियमित समिक्षा र विश्लेषण गरिरहेको जनाएको छ । ‘आवश्यक्ता वा औचित्यका आधारमा थप निर्णय भएमा यस मन्त्रालय अन्तर्गतका आधिकारिक वेभसाइटमार्फत एवम् सार्वजनिक सञ्चारमाध्यमबाट त्यस्तो सूचना शीघ्र सम्प्रेषण गर्ने जनाएको छ ।_फाइल तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया