तिलोत्तमा गोल्डकप फुटबल स्थगित (विज्ञप्तिसहित)

काठमाडौं । २२ औ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

आयोजक रुपन्देही फुटबल संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै चैतमा तय भएको प्रतियोगिता अनिश्चित कालसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

विश्व ब्यापी फैलिएको कोरोना भाइरसको कारण प्रतियोगिता स्थगित गरिएको संघले जनाएको छ ।

तिलोत्तमा गोल्डकप चैत १ गतेबाट गर्ने बताईएको थियो ।

रुपन्देही देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा ुएु डिभिजनका क्लब सहित १० टिमको सहभागिता रहने बताईएको थियो ।

प्रतियोगिताको विजेताले १० लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले ७ लाख ५० हजार पाउने छन् ।

विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?