श्रीमान श्रीमती सवार मोटरसाइकललाई टिप्परले ठक्कर दियो : एक जनाको मृत्यु

बुटवल । सिदार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसने ७ लामीडांडामा ट्रिप्परकोले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अुनसार तानसेनदेखी बुटवल आउदै गरेको लु। ७ प ४३४ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आउदै गरेको लुं २ ख . ३१ ७८ नम्बरको टिप्परले ठक्कर दिदाँ मोटरसाईलमा सवार तानसेन नगरपालिका बार्ड ७ कि ५५ बर्षिय मधु श्रेष्ठको मृत्यु भएको छ ।

उनका श्रीमान् हिमाल प्रसाद श्रेष्ठ गम्भीर घाईते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भईरहेको छ । प्रहरीले ठककर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?