दरबारमार्ग बलात्कार काण्डमा बोले आईजीपी

काठमाडौँ, १८ माघ- प्रहरी महानिरीक्षक प्रकाश अर्यालले दरबारमार्गको एक होटलमा भएको बलात्कार प्रकरणमा संलग्नलाई संरक्षण दिएको प्रमाणीत भएमा कसुरदारहरुमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका छन प्रहरीकै संलग्नतामा बलात्कार प्रकरणमा संलग्न दोषि र पीडीतबीच मिलापत्र हुनु कुनै पनि अवस्थामा उचित नहुने भन्दै उनले महिला अस्मिताको विषय कतै पनि मिलापत्रको विषय बनाईनु नहुनेमा जोड दिए । विहिबार बिहान नवनिर्मित महानगरीय प्रहरी बृत दरबारमार्गको कार्यालय तथा व्यारेक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दे उनले नया बनेको सुन्दर भवनमा असुन्दर काम भएको खबर आउनु सिंगो प्रहरी संगठनको निष्ठा र आचरणमा प्रश्न उठाएको तर्फ गम्भीर बन्न मातहतलाई निर्देशन दिए । उनले मिलापत्रमा संलग्न केही अधिकृत निलम्बन भईसकेको र केही अनुसन्धानकै चरणमा रहेको पनि उल्लेख गरे प्रहरी महानिरीक्षक अर्यालले अविचलित भई राज्यले सुम्पेको जिम्मेवारी पुरा गर्न सबै युनिट, मातहतका निकाय उत्तिकै सजग र सर्तक हुनुपर्ने उल्लेख गरे । दरबारमार्ग प्रहरी वृतमा गलत काम भएको प्रमाणित भएमा त्यसलाई सुपरिवेक्षण गर्ने माथिल्लो युनिटहरु पनि गलत हुने भन्दै उनले जिम्मेवार भएर प्रस्तुत हुन सबैलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?