प्रदेश ३ को पहिलो बैठक आज, यस्ता छन् पाँचवटा कार्यसूची

काठमाडौं, १८ माघ । प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन प्रदेशको अस्थायी राजधानी हेटौंडामा बिहीबारदेखि सुरु हुँदैछ संविधानमार्फत देशलाई ७ प्रदेशको संघीय संरचनामा लगिएपछि भएको निर्वाचनबाट प्रदेश संसद गठन भएपछि पहिलो पटक तीन नम्बर प्रदेशको अधिवेशन सुन लागेको हो बैठकमा सहभागी हुन प्रदेश प्रमुख, १३ जिल्लाका प्रदेश सांसद् हेटौंडा पुगिसकेका छन् भने अधिवेशन हुने क्षेत्रीय शिक्षा निर्देशनालयको भवन सजाइएको छ । सभामुख चयन गर्न बाँकी रहेकाले बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गर्ने छन् बुधबार साँझ बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूची तयार पारेको हो । सोही कार्यसूची अनुसार जेष्ठ सदस्य पौडेलले बैठकको अध्यक्षता गरेपछि प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य राख्ने कार्यसूची रहेको छ । त्यसपछि दलका प्रदेसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गर्ने कार्यसूची रहेको छ त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने सदस्यहरुको टीम घोषणा गरिने छ भने बैठकको अन्तिममा अन्तरिम कार्यविधि २०७४ को दफा ९६० को उपदफा–१ अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकेर बैठक समाप्त हुनेछ सातवटामध्ये सबैभन्दा ठूलो प्रदेशसभा रहेको प्रदेश ३ हो । ८ वटा दलको प्रतिनिधित्व रहेको प्रदेश ३ मा एमालेको एकल बहुमत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?