प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै छ । आजको बैठकमा नेपाली भूभागमा रहेका भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश गर्ने सूची छ ।

‘सासद खगराज अधिकारीले ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले’ भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने’, संसद सचिवालयले जारी गरेको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ ।

यो प्रस्तावको सांसद रामकुमारी झांक्रीले समर्थन गर्ने पनि कार्यसूचीमा उल्लेख छ । आजैको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची छ ।

हेर्नुहोस् कार्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?